Connect with us
Kapilvast Forest

२० देशमा राजदूत सिफारिस

२०७८, २५ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं – सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

चीनका लागि विष्णुपुकार श्रेष्ठ, दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि शर्मिला पराजुली ढकाल, श्रीलंकाका लागि बासुदेव मिश्र, रसियाका लागि मिलन तुलाधर, अष्ट्रेलियाका लागि कैलाश पोखरेल, मलेसियाका लागि डिल्लीराज पौडेल, इजरायलका लागि शान्ता रिजाल सिफारिस भएका छन् ।

 

त्यस्तै दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, डेनमार्कका लागि प्रा.डा. रामसोगरथ राय यादव, साउदी अरेबियाका लागि नवराज सुवेदी राजदूत सिफारिस भएका छन् । त्यस्तै नरेशविक्रम ढकाल पनि राजदूतमा सिफारिस भएका छन् ।

त्यस्तै परराष्ट्र मन्त्रालयका कर्मचारीहरु घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले र दुर्गाबहादुर सुवेदी पनि राजदूतमा सिफारिस भएका छन्

 

चीनका लागि नेपाली राजदूतमा सिफारिस हुने श्रेष्ठ नेकपा माओवादी केन्द्रका नेता हुन् । राजदूतमा सिफारिस भएकाहरुको अब संसदीय सुनुवाइ हुनेछ र त्यहाँबाट नाम अनुमोदन भएमा सम्बन्धित देशको सहमति आएपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu