Connect with us
Kapilvast Forest

रुरु धाममा सञ्चालित महायज्ञमा हजारौं भक्तजनको सहभागिता

२०७६, १० आश्विन शुक्रबारमा प्रकाशित

  • शम्भू माली, कपिलबस्तु, भाद्र १०
    रुरु धाममा सञ्चालित धार्मिक तथा सांस्कृतिक तुलादान महामहोत्सव एंव संगीतमय श्रीमद् भागवत पितृमोक्ष विराट ज्ञान महायज्ञको आज १३ औं दिन हजारौं भक्ताजनहरुको सहभागिता रहेको छ । भाद्र २८ गतेदेखि सञ्चालन भएको महायज्ञमा हजारौं भक्ताजनहरुको सहभागिता रहेको हो ।

विहिबार महायज्ञमा प्रमुख अतिथि प्रदेश पाँचका प्रदेश सांसद तथा नेपाली काँग्रेस पाल्पाका सभापति विरबहादुर राना, विशिष्ठ अतिथि वजनचेतना दैनिकका सम्पादक जगदीश भट्टराई, नेपाल राष्ट्रिय मगर संघ पाल्पाका सभापति झमनराज मगर, रुक्मागत भट्टराई, तानसेन नगरपालिका १४ का वडा अध्यक्ष कमल राना लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको छ ।
महायज्ञमा प्रदेश सांसद तथा नेपाली काँग्रेसका जिल्ला सभापति विरबहादुर रानाले धार्मिक, सांस्कृति तथा पर्यटकिय क्षेत्रको रुपमा परिचित रिडी धामको विकासका लागि महायज्ञले महत्वपूर्ण टेवा पुग्ने बताए ।

उनले प्रचार प्रसारका अभावमा प्रसिद्ध धार्मिक स्थल रुरु क्षेत्र पछाडी परेकाले त्यसको विकास र विस्तारमा सबैले ध्यान दिनुपर्ने धारणा व्यक्त गरे । महायज्ञको १२ औं दिनसम्म ५० लाख नगद, जिन्सी र ३ लाख भक्तजनहरुले अवलोकन गरेको प्रचार–प्रसार संयोजक खेमराज पाण्डेले जानकारी दिए । नेपालमै पहिलो पटक पवित्र धाम रुरु क्षेत्रमा दिवंगत पितृहरुको उद्धार गर्ने र रुरु धामलाई चिनाउने उद्देश्यले महायज्ञ गर्न सञ्चालन भइरहेको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

२१ दिनसम्म सञ्चालन हुने महायज्ञमा आश्विन ११ गते देखी देबकार्य अन्तर्गत एक करोड दीप प्रज्वलन, एक करोड शिव पार्थिव लिंग निर्माण गरी पुजा गरिने, ८४ पूजा,चुडाकर्म,विवाह , तुलादान आदि वैदिक कार्य हरू का साथ बनारस, हरिद्वार र पशुपतिनाथमा जस्तै प्रत्येक दिन कालीगण्डकी गंगामाताको विशेष ध्यान गरिने ऐतिहासिक रुरु धाम महायज्ञका संकल्पकर्ता श्री बालयोगेशोर फÞाउण्डेशनका प्रमुख समरक्षक तथा महायज्ञका प्रमुख वाचक बालयोगेशोर महाराज श्री ले बताए । महायज्ञमा लगभग ५० जिल्ला का भक्तजनको उपस्थिति रहने र अहिले सम्म एक हजÞार भन्दा बढ़ी भक्तजनले आ–आफÞनो पित्रिको सराध्य,तर्पण,पिण्ड दान गरीसकेको जानकारी महायज्ञ सचिवालय सदस्य धुर्ब सपकोटाले जानकारी गराए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu