Connect with us
Kapilvast Forest

विजयनगर गाउँपालिका अध्यक्ष थापाद्वारा सवारी साधन फिर्ता

२०७८, २८ चैत्र सोमबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गर्नु भएको छ । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै गाउँपालिका अध्यक्षमा  थापाले  सरकारी सुविधाको गाडी फिर्ता गर्नु भएको हो ।

 

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै पालिका अध्यक्ष थापाले प्रयोग गर्दै आइरहेको लु १ झ ४०३ नम्बरको स्कार्पियो शुक्रबार नै कार्यालयमा बुझाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनु भयो ।आचारसंहिता जारी भईसकेको अवस्थामा सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै अध्यक्ष थापाले गाडी फिर्ता गरेको अधिकृत भट्टराईले जानकारी दिनु भयो ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj