Connect with us
Kapilvast Forest

कपिलवस्तु सहित देशैभर राप्रपाको घरदैलो अभियान सुरु,

२०७८, २८ चैत्र सोमबारमा प्रकाशित

कपिलवस्तु
राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तुले घरदैलौ अभियान सुरु गरेको छ । राप्रपाको केन्द्रिय सर्कुलर अनुसार देशैभरी घरदैलो अभियान सुरु गरिएको राप्रपा लुम्बिनी प्रदेश कोषाध्यक्ष सइद अहमद शाहले जानकारी दिनुभयो ।

केही दिन पहिले केही समाजिक सन्जालमा म राप्रपा त्याग गरेको भनी भ्रमक समाचार सम्प्रेषण भएकोले म राप्रपा मै रहेको शाहले बताउनुभयो ।

कपिलवस्तुको जिल्लाको दोहनी चौकमा राप्रपाले भव्य कार्यक्रम गरी घर दैलो अभियान सुरु गरिएको हो । घरदैलो कार्यक्रमको प्रमुख अतिथि राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले उक्त घरदैलो अभियानको सुरुवात गरेको प्रदेश कोषाध्यक्ष शाहले न्युज सेन्टर नेपाललाई जानकारी दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तुका अध्यक्ष नारायण बहादुर सिंहले जिल्लाको प्रत्येक पालिकमा राप्रपाका उम्मेदवारहरुले उम्मेदवारी दिने बताउनु भयो । कपिलवस्तुलाई राप्रपाको किल्ला बनाउने अध्यक्ष सिंहको भनाई रहेको थियो ।

बोल्ने वक्ताहरुले स्थानिय तहको निर्वाचनमा कपिलवस्तु राप्रपामय हुने बताएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu