Connect with us
Kapilvast Forest

एमालेबाट नेपालगञ्जको मेयरमा पशुपति दयाल मिश्र सिफारिस

२०७८, २९ चैत्र मंगलवारमा प्रकाशित

नेपालगञ्ज -बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि नेकपा एमालेले सर्वसम्मत रुपमा उम्मेदवारको नाम टुंगो लगाएको छ ।

एमाले नेपालगञ्ज नगर कमिटीका बैठकले मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकालको नाम सिफारिस गरेको हो । मिश्र हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूह छाडेर केही दिनअघि मात्रै नेकपा एमालेमा प्रवेश गरेका हुन् । त्यसअघि उनी तराई मधेश लोकतान्त्रिक पार्टीमा थिए ।

मधेश आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी बाँके क्षेत्र नं‍. २ बाट उम्मेदवार थिए । स्वतन्त्र राजनीतिक समूहका उनी सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भए ।

धवलशमशेरले मैदान छोडेपछि नेपालगञ्जले खोजेको विकल्प
हालै एमाले प्रवेश गरेपछि उनी एमालेको केन्द्रीय सदस्य बनेका थिए । उपमेयरमा सिफारिस ढकाल पनि एमालेको केन्द्रीय सदस्य हुन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu