Connect with us
Kapilvast Forest

सेती नदीमा डुबेर एकजनाको मृत्यु

२०७८, २९ चैत्र मंगलवारमा प्रकाशित

डोटी -सेती नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा केआई सिंह गाउँपालिका(६ भिताडिका ६० वर्षीय राम ताम्राकार रहेका छन् ।

 

शिखर नगरपालिका(२ मा प्रसिद्ध धार्मिक स्थल सालमुनीमा पुजा गर्न आएका उनको नुहाउने क्रममा नदीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनु भयो ।

मंगलबार बिहान १० बजेतिर नुहाउने क्रममा डुबेका ताम्राकार करिब आधा घण्टापछि मृत भेटिएका थिए ।