Connect with us
Kapilvast Forest

प्याजको मूल्य बढ्यो, प्रतिकिलो कति ?

२०७६, १२ आश्विन आईतवारमा प्रकाशित

प्याजको मूल्य बढी लिने पाँच पसललाई कारवाही

काठमाडौं । दशैं पर्वको मुखमै प्याजको मूल्य आकासिएको छ। अधिकांश खानाका परिकारमा अत्यावश्यक प्याजको मूल्य एकाएक बृद्धि भएपछि माग घटेको छ ।

मूल्यवृद्धि भएसँगै बजारमा प्याजको माग घटेको छ । दैनिक २० टन बिक्री हुने प्याज अहिले पाँच टनमा झरेको छ। भारतमा यस वर्ष प्याज उत्पादनमा आएको कमीले नेपालमा असर परेको हो ।

भारतमा ढिलो गरी सुरु भएको मनसुन र लगातारको वर्षाले खेती नष्ट भएपछि प्याजको मूल्यबृद्धि भएको बताइएको छ । ‘वर्षाले भारतमा ठूलो मात्रामा प्याज खेती नष्ट भएको छ,’ प्याज आयातकर्ता एवं अम्बे इन्टरनेशनलका सञ्चालक मोहन बानियाँले भने, ‘जसको असर मूल्यमा परेको हो। अहिले आयात भइरहेको प्याज पुरानो स्टक हो’ ।

भदौदेखि प्याजको मूल्यबृद्धि हुन सुरु भएको थियो । प्याज व्यापारीका अनुसार साउनमा प्याजको थोक मूल्य प्रतिकिलो २५ रुपैयाँ थियो।

भदौमा ४० रुपैयाँ पुग्यो। असोज लगत्तै प्याजको मूल्य ह्वात्तै बढेर ९५ रुपैयाँ प्रतिकिलो पुगेको छ। तर, सर्वसाधारणको भान्सासम्म पुग्दा प्रतिकिलो एकसय २० देखि ३० सम्म पर्ने गरेको छ। अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

प्याजको मूल्य

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu