Connect with us
Kapilvast Forest

आउँदो शुक्रवारदेखि एसईई परीक्षा सुरु हुँदै

२०७९, ४ बैशाख आईतवारमा प्रकाशित

see

 

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो शुक्रवारदेखि सुरु हुँदैछ ।आउँदो शुक्रवारदेखि सुरु हुने एसईई २० गतेसम्म चल्नेछ । यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा एसईई सञ्चालन हुनेछ ।

पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । त्यस्तै, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । परीक्षामा ५ लाख १४ हजार परीक्षार्थी सहभागी हुँदैछन् ।

परीक्षाको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu