Connect with us
Kapilvast Forest

संघियताले मुलुकको अर्थतन्त्र धरासायी: कार्यकारी अध्यक्ष नेपाली

२०७९, ४ बैशाख आईतवारमा प्रकाशित

  कपिलवस्तु-राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मीराज नेपालीले संघियताका कारण मुलुकको अर्थतन्त्र धरासायी भएको बताउनु भयो । आईतबार राष्ट्रिय जनमोर्चा शिवराज नगर कमिटि कपिलवस्तुले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन नेपालीले संघियताका कारण मुलुकको अर्थतन्त्र धरासायी भएको बताउदैैं वाह्यबाट बाट प्राप्त अनुदान कर्मचारीको तलव र प्रशासनिक कार्यमा खर्च भएकोले विकास निर्माणका काम गर्न नसकेको बताउनु भयो ।

एमाले पार्टीको सरकार भएको समयमा ओलीका केही व्यक्तिले आफ्नो महत्वाकांक्षा पूरा गर्न नपाउँदा देशमा प्रतिगमन भयो भनेर गलत हल्ला फैलाएर संसद् विघटन गरेको टिप्पणि गर्नु भयो । जनमोर्चा पार्टी सर्वहाराको पार्टी भएकाले आगामि निर्वाचनमा जनमोर्चालाई जिताउन आग्रह गर्नु भयो ।


यसैविच सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोचा उपाध्यक्ष बद्री आलमले स्थानिय तहको चुनावमा प्रतिगामी तत्वलाई परास्त पार्न ५ दलिय गठबन्दन गरिएकोले मिलेर जान कार्यकर्तालाई आग्रह गर्नुभयो । गठबन्दनमा केही अप्ठ्यारा भएकोले केन्द्रिय बार्ता टोलीले छिटै निश्कर्ष निकाल्ले उहांले बताउनु भयो ।

उहाँले संघीयताका कारण देश टाट पल्टने अवस्थामा पुगेको र राष्ट्रियता पनि इतिहासमै सबैभन्दा कमजोर भएको टिप्पणी गर्दै उहाँले एमसीसी पास गरेर ठूला भनिने दलहरुले देशको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सत्तासँग सौदावाजी गरेको आरोप लगाउनुभयो । फरक प्रसंगमा सत्तामा भएका दललेसत्तालाई कसरी टिकाउन सकिन्छ भन्ने तर्फ लागेकोले जनताको जनभावना अनुरुपकाम गर्न नसकेको आरोप लगाउनुभयो ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu