Connect with us
Kapilvast Forest

गभर्नरको रिट दर्ता, भोलि पहिलो सुनुवाइ हुने

२०७९, ५ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं-नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दिएको रिट दर्ता भएको छ। उक्त रिटको पेसी भोलिलाई तोकिएको छ।सरकारले आफूलाई गरेको निलम्बन कानुनविपरीत भएको भन्दै गभर्नर अधिकारीले आइतबार रिट दायर गरेका थिए।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले दर्ता प्रक्रिया पूरा भएको र पेसी भोलिलाई तोकिएको बताए।‘राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिजो पेस गरेको रिट निवेदन दर्ता भएको छ,’ उनले भने, ‘भोलि पहिलो सुनुवाइ हुनेछ।’

गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उनी सर्वोच्च अदालत गएका हुन्।अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu