प्रकाशमान सिंहकी पत्नीलाई काठमाडौंको मेयर उम्मेदवार बनाउने काँग्रेसमा सहमति
काठमाडौं-नेपाली काँग्रेसले काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहलाई बनाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सिंहलाई मेयरको उम्मेदवार बनाउने सहमति भएको हो ।
बैठकका बीच सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले भनिन्, ‘काठमाडौं महानगरपालिकामा सिर्जना सिंहको नाममा सबै सहमत हुनुहुन्छ । काठमाडौको मेयरमा उहाँको सम्भावना बढी छ छ । औपचारिक निर्णय भने आज (सनिवार ) ।’ काठमाडौँको मेयरको उम्मेदवार बन्ने पक्कापक्की भएकी श्रृजना काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।
काँग्रेसले शनिबार विहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिबाट महानगरपालिका मेयर र उप(मेयरका उम्मेदवार चयन गर्ने छ । ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा भने मुख्यतस् तीन जनाको नाममा छलफल भइरहेको उनको भनाइ छ ।
ललितपुर महानगरपालिकामा मुख्यतः वर्तमान मेयर चिरिबाबु महर्जन, पूर्व सांसद चन्द महर्जन र प्रेमकृष्ण महर्जनको नाममाथि छलफल भइरहेको छ । यस्तै विराटनगर महानगरपालिकामा डिला संग्रौला, भीम पराजुली लगायतको नाममाथि छलफल भइरहेको छ ।