Connect with us
Kapilvast Forest

हचुवाको भरमा वाणगंगा नगरपालिका पुर्ण खोप घोषणा

२०७९, १० बैशाख शनिबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको वाणगंगा नगरपालिकाले कोभिड १९ बिरुद्धको खोपको पुर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरेको छ ।नगरपालिकाले १२ बर्ष भन्दा माथिका उमेर समुहका व्यक्तिहरुलाई खोप ९५ प्रतिशत लगाएको भन्दै हचुवाको भरमा निकालेको डाटाको आधारमा पुर्ण खोप घोषणा गर्नु लाज मर्दो बिषय रहेको एक सर्वसाधारणले वताएका छन् । कोरोना बिरुघको खोप नगरपालिकामा नेता, उनको चाकडी गर्ने कार्यकर्ता बाहेक सामान्य सर्व साधारणले खोप लगाउन नपाएको वाणगंगा नगरपालिका सवै वडामा ३० देखि ४० प्रतिशत सर्वसाधारण खोपबाट वन्चीत छन् कसैले सुचना नै पाएन्न भने कसैले लगाउन चाहेर पनि नपाएको गुनासो गरेका छन ।

कोरोना महामारीको दोस्रो लहरका समयमा कोरोना बिरुद्धको खोप लगाउन सर्वसाधारणलाई नत कुनै सुचना गरियो नत केही सोही समयका वेला स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलको चरम लापरवाही कारण खोप लगाएकालाई खोप कार्ड नदिने खोप हुदा हुदै पनि खोप सकियो भनेर भ्रम सिर्जना गर्ने गरेको र स्वास्थ्य शाखा प्रमुखले नै नेताहरुको चाकडी गर्ने भनसुन गर्नेलाई प्राथमिकता दिएका कारण अधिकांश व्यक्ति खोपबाट बन्चीत भएका प्रमाणहरु रहेका छन् ।

पहुच हुनेलाई मात्र खोपको मात्रा लगाईयो भने अहिलेको पुर्ण ओप घोषणा गर्नका लागि १०२ प्रतिशतको डाटा पेश गरि पुर्ण खोप घोषणा गरिएको छ । भने नगरपालिका भन्दा बाहिरका,जिल्ला भन्दा वाहिर अर्घाखाँची,रुपन्देहीका व्यक्तिहरुलाई लगाएको खोपको प्रतिशत उल्लेख पुर्ण खोप घोषणा गर्नु नगरपालिका र नगरपालिकाको स्वास्थ्य शाखा संग जोडिएको बिषयमा गम्भीर प्रश्नको विषय बनेको छ ।

यता वाणगंगा नगरपालकाका स्वास्थ्य शाखा प्रमुख पौडेलले वाणगंंगा नगरपालिका पुर्ण खोप घोषणा हुनु एउटा गर्वको बिषय भएको वताउदै केही गल्ती कम्जोरी भएको भए आफुले सच्चाउने बताउदै सो डाटा नगरपालिका भित्रको मात्र नभएको भएर वाहिरी जिल्ला, अन्य पालिकाका व्यक्तिहरुलाई लगाएको खोपको डाटा रहेको स्वीकार गरेका छन् ।

कार्यक्रममा वाणगंगा नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत टेकराज पन्थीको अध्यक्षता प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रको प्रमुख आतिथ्यता,जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्की ,जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखको बिशिष्ट आतिथ्यता ,इलाका प्रहरी कार्यालयका प्रमख दिपक वावु के.सी. वाणगंगा नगरपालिकाका बिभिन्न शाखाका प्रमुखहरुको उपस्थीती रहेको कार्यक्रम रहेको कार्यक्रमको स्वागत मन्तव्य स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले गर्नु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu