Connect with us
Kapilvast Forest

सहमति नजुटेका स्थानमा तालमेलको अन्तिम पहल गर्ने शीर्ष नेताहरुको निर्णय

२०७९, १० बैशाख शनिबारमा प्रकाशित

काठमाडौं – सत्तारुढ गठबन्धनले सहमति जुट्न नसकेका स्थानीय तहहरुमा चुनावी तालमेलका लागि अन्तिम प्रयास गर्ने भएको छ ।

गठबन्धनका शीर्ष नेताहरुले महानगर र उपमहानगरपालिकाको भागवण्डा टुंग्याएको थियो भने नगर र गाउँपालिकामा तालमेलको जिम्मा जिल्ला र प्रदेश संयन्त्रलाई लिएको थियो । केन्द्रले गरेको भागवण्डालाई लिएर दलहरुमा असन्तुष्टि कायमै छ भने थुप्रै जिल्लामा पनि सहमति जुट्न सकेको छैन ।

 

उम्मेदवारी दर्ताको अघिल्लो दिन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बालुवाटारमा भएको छलफलले अहिलेसम्म सहमति भएका ठाउँको विवरण तयार पार्न र बाँकी ठाउँमा आवश्यक सिफारिस गर्न कार्यदललाई निर्देशन दिएको छ ।

 

कार्यदलको बैठक विहान ९ बजे बोलाइएको छ । त्यो बैठकले गर्ने सिफारिसबारे निर्णय लिन दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक राखिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्ल भन्छन्, ‘भोलिको बैठकले कहाँकहाँ तालमेल हुने भयो, कहाँ स्वस्थ्य प्रतिस्पर्धा हुने भयो भन्ने टुंगो लगाउँछ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu