एकीकृत समाजवादीले टुंग्यायो महानगर र उपमहानगरको उम्मेदवार, पोखरामा धनराज
काठमाडौं – नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेको महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ ।
शनिबार बसेको पदाधिकारी बैठकले पोखरा महानगरको मेयरसहितका उम्मेदवार टुंगो लगाएको हो । एक नेताका अनुसार पोखराको मेयरमा धनराज आचार्यलाई उम्मेदवार बनाउने निणृय भएको छ । अब उनी गठबन्धनको साझा उम्मेदवार हुनेछन् ।
पोखरा महानगरको मेयर एकीकृत समाजवादीको भागमा परेसँगै आचार्यको नाम लगभग निश्चित थियो ।
यस्तै हेटौडा उपमहानगरको मेयरमा मिनाकुमारी लामालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।