सितगंगा १० को अध्यक्षमा स्वतन्त्र उम्मेदवार वि क ले गरे उम्मेदवारी दर्ता
कपिलवस्तु-अर्घाखाँचीको सितगंगा नगरपालिका वडा न१० को वडा अध्यक्ष पदमा अयन वि क ले स्वतन्त्र उम्मेदवारी दिएका छन । नेपाल कम्युनिष्ट पार्टी ( बिप्लव समूह) का युवा विक ले स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा उड्ने भन्दै सितगंगाको निर्वाचन कार्यालय ठाडामा पुगेर उम्मेदवारी दर्ता गराएका हुन ।
सितगंगा १० डिहि निवासी वि क विप्लव निकट र नेताको रुपमा परिचित छन । सितगंगा १० मा कांग्रेश नेता बेदुराम आचार्य पनि अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन ।