Connect with us
Kapilvast Forest

राष्ट्रिय फुटबल टिमको प्रशिक्षणमा १७ जना खेलाडी थपिए

२०७९, १६ बैशाख शुक्रबारमा प्रकाशित

 

काठमाडौं -नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नयाँ १७ जना खेलाडी थपेर प्रशिक्षणलाई निरन्तरता दिएका छन् ।प्रशिक्षकले मानसिक दबाव दिएको भन्दै १० जना खेलाडीले प्रशिक्षण छाडेका थिए ।

ती १० जना खेलाडीको सट्टामा अल्मुताइरीले नयाँ १७ जनालाई टिममा थपेर प्रशिक्षण दिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।टिममा बोलाइएका नयाँ खेलाडीमा विकेश कुथु, विशाल सुनार, अभिषेक बराल, आकाश बुढा मगर, आशिष चौधरी, विकास तामाङ, जर्ज प्रिन्स कार्की, मनिष जर्घा मगर, निरकुमार राई, राजन गुरुङ, रोशन राना मगर, रुपबहादुर लामा, सञ्जोक राई, सेसेहाङ आङदेम्बे, शिव गुरुङ, सुनिल श्रेष्ठ र सुशील राई छन् ।

 

यसअघि विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी, सुमन लामा, रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ, विशाल राईले प्रशिक्षण छाडेका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj