Connect with us
Kapilvast Forest

मधेसका बस्तीमा एमाले शिवराजका उम्मेदवारको प्रसंसा

२०७९, १७ बैशाख शनिबारमा प्रकाशित

 

कपिलवस्तु ,अर्जुन बेल्बासे-३० गते हुने स्थानीय तह निर्वाचनका लागि शिवराज नगरपालिकामा सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु चुनावि घरदैलोमा ब्यस्त छन ।

सोहि अनुसार नेकपा एमालेबाट उम्मेदवार बनेका उम्मेदवार जिताउन र शिवराजमा एक कार्यकालमा एमाले सरकारले पुरा गर्न नसकेका केहि अधुरा योजना एमाले जनप्रतिनिधि नै चुनेर पुरा गर्ने रणनिति सहित दर्जन बढि घोषण पत्र र प्रतिबद्दताबोकेर एमाले उम्मेदवार टोलटोमा पुगेका छन ।

शिवराज ८ पकडी लगायत विभिन्न गाउँमा घरदैलोमा व्यस्त एमालेका उमेदवार, बिगतमा एमालेका उमेदवारले समेत झण्डा लगाउन डराउनुपर्ने मधेसका बस्तीमा यसपटक एमाले समर्थक मतदाता समेत खुलेर प्रचारप्रसारमा गरेका छन ।

स्थानिय तहको निर्वाचजलाई केन्द्रित गरेर आज (सनिवार )प्रचारप्रसार र घरदैलोमा पुगेको एमाले उम्मेदवार शिवराज ८ का वडावासिले जिताउन कट्टिबद्द रहेको बताएका छन ।

विगत ५ वर्षदेखि स्थानिय सरकारको अनुभुति गर्न पाएका वडा वासिले एमाले उम्मेदवार जिताउने बताएका हुन ।
नगर भित्रका सबै क्षेत्रलाई सम्बोधन गर्ने तिन दर्जन बढि घोषणा पत्र र प्रतिबद्दता बोकेर टोलटोमा छिरेको एमाले शिवराजलाई वडावासिले आशा र भरोसाको पार्टी एमाले नै भएको बताएका छन ।गत स्थानिय तहको चुनावमा गरेका प्रतिवद्दता पुरा गर्दै नगरवासिको मन जितेका एमाले उम्मेदवारका जनप्रतिनिधि शिवराजमा पुन नगरवासिको सेवामा खट्न एमाले शिवराजले युवा नेता महादेव पोख्रेललाई नगर प्रमुखमा अगाडि सारेको छ ।

त्यस्तै एमाले शिवराजले नगरवासिको भावनालाई ख्याल गर्दै उप मेयरमा भने शिवकुमारी चौधरीलाई दोर्याएको छ । त्यस्तै वडाको नेत्रित्व गर्न वडावासिको मर्मलाई बुझदै उम्मेदवार खडा गरेको छ । वडा न ८ मा अध्यक्ष पदका उम्मदेदवार आनन्द कुमार शुक्ला बलियो उम्मेदवारको रुपमा हेरीएका छन। एमाले शिवराजले सबै वडामा घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ ।

“समृद्ध शहर, स्वरोजगार नागरिक र आत्मनिर्भर नगर” भन्ने नारालाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, कृषि ,खाद्य तथा आवास, सडक तथा यातायात, उर्जा विकास, सञ्चार, खानेपानी र सरसफाइ, रोजगारी, कला संस्कृति, पर्यटन विकाशलगायतका प्रतिवद्दता सहित एमाले शिवराज चुनावि मैदानमा उत्रिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu