कृष्णनगरमा जसपा बलियो: युवानेता शाह नवाब
कपिलवस्तु-जनता समाजवादी पार्टीका युवा नेता शाह नवाब शाहले कपिलवस्तुको कृष्णनगर नगरपालिकामा स्थानीय तहको निर्वाचनमा जसपा नेपालको बलियो स्थिति रहेको बताउनु भएको छ ।
मेयर पदका उम्मेदवार अकरमलाई विजयी बनाउने चुनावी अभियानमा जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव समेत खटिनु भएको छ ।
जिल्लाको कृष्णनगरमा जसपा नेपालका लुम्बिनी प्रदेशका प्रवक्ता अकरम पठान मेयर पदको उम्मेदवारको रुपमा बलियो उम्मेदवार रहेको युवा नेता नवाबले बताउनु भयो ।
विगतका दिन देखि नै समाजिक कार्यमा अग्रसर रहेका पठान चुनावी दोडमा आगाडी देखिएका छन ।युवा नेता शाह जसपा नेपाललाई बिजयी बनाउन दिनोरात खटिई जसपा नेपाललाई बिजयी बनाउन प्रतिबद्ध रहेको बताउनु भयो ।
अहिले कृष्णनगरको ५० भन्दा बढी गाउमा घरदैलो अभियान सम्पन्न भएको नेता शाहले बताउनु भयो । नेता शाहले चुनाव चिन्ह छातामा मतदान गर्न अग्रह गर्नु भएको छ ।