‘गणतन्त्र उल्ट्याउने प्रयास सैह्य हुने छैन’
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा प्रतिगमन ल्याउन खोज्ने कुनै पनि खालको हर्कत सफल नहुने दाबी गर्नुभएको छ । समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष समेत रहनु भएका भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने प्रयास गरिए सैह्य नहुने चेतावनी दिनुभयो ।
‘कुनै पनि नामको पार्टी र वादले मुलुकमा निरंकुशता ल्याउने सपना नदेखे हुन्छ’ उहाँले भन्नुभयो । गोरखा पत्रकार मंचले दशैंको अवसरमा मंगलबार आयोजना आयाजित कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले मुलुकलाई उन्नत लोकतान्त्रिकरणको बाटोमा अघि बढाउन संचार माध्यामले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।
पूर्व प्रधानमन्त्री भट्टराईले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई सच्याएर अघि बढाउने परिकल्पनाका साथ संचार क्षेत्रलाई मुलुकको चौंथो अंगको रुपमा रुपमा लिइएको उल्लेख गर्दै संचार माध्यमले त्यही अनुसारको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।