Connect with us
Kapilvast Forest

महरा प्रकरण : प्रहरीले थाल्यो अनुसन्धान

२०७६, १४ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं–राजीनामा दिएका सभामुख कृष्णबहादुर महरा प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार पीडित भनिएकी महिलाबाट मौखिक उजुरी आएकाले प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको हो । यसै क्रममा प्रहरीले घटनास्थलबाट मदिराको बोतल, कपडा लगायतको सामग्री बरामद गरेको छ ।

प्रहरीले महिला बस्ने घरको वरिपरीको सिसिटिभी फुटेज पनि संकलन सुरु गरेको बताइएको छ ।महराले सभामुखबाट राजीनामा दिएपछि प्रहरीलाई यस घटनाबारे अनुसन्धान गर्न सहज भएको छ । यद्यपि पीडित महिलाको तर्फबाट लिखित उजुरी नआएसम्म बिस्तृत अनुसनधान सुरु हुन नसक्ने प्रहरीले जनाएको छ ।

तत्कालका लागि दषी वा प्रमाणकारुपमा लिइनसक्ने केही सामग्री बरामद गरिएको भएपनि लिखित उजुरी आएपछि मात्रै यस सम्बन्धमा बिस्तृत अनुसनधान हुने काठमाडौं प्रहरीले जनाएको छ । एक महिलाले बलात्कारको आरोप लगाएपछि महराले मंगलबार पदबाट राजीनामा दिएका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu