हामी विकास गरेकाछौं जित निश्चित छ:मेयर पदका उम्मेदवार कलाम

कपिलवस्तु-कांग्रेसका उम्मेदवारहरुसहित मेयर पदका उम्मेदवार अब्दुल कलामले महराजगंज नगरपालिकामा स्थानीय तहको समय अवधि नजिकिदै गर्दा घरदैलोलाई तिव्रता दिएका छन ।
नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार बन्नु भएका अब्दुल कलामको जित निश्चित जस्तै देखिएको छ । कलामलाई लाई विजयी बनाउ यतिवेला चुनावी अभियानमा नगरवासि खटेका छन। ५ वर्ष मेयर बनेर नगरवासिको सेवक बनेका कलाम बलियो उम्मेदवारको रुपमा रहनु भएको छ ।५ वर्षको समय अवधिमा नगर परिर्वनमा विकास गरेको जनाउँदै मेयरका उम्मेदवार कलामले जित निश्चित रहेको दावि गर्नु भयो
महारजगंज नगरपालिका भित्र घरदैलोमा पुगेका कलामलमई टोलटोलबाट जिताउने प्रतिकृया दिन्छन ।महारजगंज नगरपालिका नगरप्रमुख पदका उमेदवार अब्दुल कलाम र उप(प्रमुख पद का उमेदवार शुभावती कुर्मी वडा अध्यक्ष पदको उम्मेद्धार योगेन्द्र कुमार केसी सहित महिला वडा सदस्य ,खुल्ला वड़ा सदस्य, सहितको प्यानल चुनावी मैदानमा रहेका छन् । उनीहरुले वडा भित्रका जनताका घर घरमा पुगि मतभार आफ्नो पक्षमा बनाउन यो अभियान सुरु गरेका हुन ।
५ वर्षे कार्याकालमा नगरभित्र शिक्षा, स्वास्थ्य, खानेपानी र कृषि क्षेत्रलाइ यातायता, भौतिक सेवा सुविधा लगायतमा परिवर्तनको फड्को मारेको महाराजगंजमा नगर परिर्वतनको सन्तुष्टिले मेयर पदमा कलामलाई एक कार्याकाल दोहोराउने पक्षमा महाराजगंजवासी लागेका छन ।