Connect with us
Kapilvast Forest

आफैँ भोट हाल्न नसक्ने मतदाताले सहयोगी राख्न सकिने

२०७९, २६ बैशाख सोमबारमा प्रकाशित

 

काठमाडौं -निर्वाचन आयोगले आफैं भोट खसाल्न नसक्ने मतदातालाई सहयोगी राख्न सकिने व्यवस्था गरेको छ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति निकालेर दृष्टिविहीन वा शारीरिक अशक्तता भएका तथा अरू कुनै कारणले आफैँ मत संकेत गर्न नसक्ने मतदाताले सहयोगी राख्न सकिने भएको जानकारी दिएका हुन्।

त्यस्ता व्यक्तिले अनुमति मागेमा मतदान अधिकृतलाई मतदान गर्न गोप्य स्थानमा जान अनुमति दिनुपर्ने प्रावधान रहेको छ।

अनुमति दिँदा मतपत्रमा मत संकेत गर्न नसक्ने मतदाता हो वा होइन यकिन गर्न भनेको छ। साथै मतदाताको सहयोगीले मतदान अधिकृतको रोहबरमा नै मतदाताले भने बमोजिमको चुनाव चिह्नमा संकेत लगाउनुपर्ने आयोगले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu