महाराजगन्ज नगरपालिका तिन दिनसम्म संचालन हुने
कपिलवस्तु – महाराजगन्ज नगरपालिकाले तिनसम्म संचालन हुने भएको छ । महाराजगन्ज नगरपालिकाको पुर्व उपप्रमुख शुभावती कुर्मीको वैशाख २६ गते निधन भएकोले स्थागित भएको कार्यालयको काम पुन सुचारू भएको छ ।

नगरपालिकाबाट हुने कामहरु नियमित रुपमा वैशाख २८/२९ र ३० गते संचालन हुने प्रमुख प्रशासकिय अधिकृत रविन्द्र चौधरीले बताउनु भयो । महाराजगन्ज नगरपालिकामा अगामी जेठ ३ गते स्थानीय तहको निर्वाचन हुने भएकोले नगरपालिकाको काम तीन दिन सुचारु गरिएको अधिकृत चौधरीले बताउनु भयो ।
महाराजगन्ज नगरपालिकामा नेपाली काँग्रेसको उपप्रमुखको उम्मेदवार शुभावती कुर्मीको निधन भएपछि निर्वाचन कार्यतालिका फेरबदल भएको छ । नेपाली काँग्रेस कपिलबस्तु महाराजगन्ज नगर समितिको सिफारिस बमोजिम उपप्रमुख पदमा स्वर्गीय शुभावती कुर्मीको बुहारी रिता कुमारी कुर्मीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । निर्वाचनको कार्यतालिका बमोजिम कार्यहरु अघि बढेको महाराजगन्ज नगरपालिका निर्वाचन अधिकृत कुबेर पाण्डेले जानकारी दिनुभयो ।
