Connect with us
Kapilvast Forest

अवैध लागूऔषध सहित एक जना पक्राउ

२०७९, २ जेष्ठ सोमबारमा प्रकाशित

pakrau-

 

काठमाडौँ-शुक्लागण्डकी नगरपालिका २ कोत्रेबाट अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ ख ८७८८ नम्बरको बसलाई अस्थायी प्रहरी चौकी कोत्रेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा करिब ५ केजी ८ सय ५० ग्राम अवैध लागूऔषध गाँजासहित कास्की पोखरा महानगरपालिका ३२ बस्ने २३ वर्षीय अमन भुजेललाई पक्राउ गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।