Connect with us
Kapilvast Forest

रुपन्देहीको रोहिणी गाउँपालिका अधयक्षमा जसपा विजयी

२०७९, ५ जेष्ठ बिहीबारमा प्रकाशित

बुटवल- रुपन्देहीको रोहिणी गाउँपालिकामा जनता समाजवादी पार्टीका विद्याप्रसाद यादव विजयी भएका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिर अलि भाटलाई पछि पार्दै यादव निर्वाचित भएका हुन् । उनले ७४९६ मत प्राप्त गर्दा ताहिरले ६४५८ मत पाए ।

 

यस्तै, नेकपा एमालेका सनोजकुमार यादवले ३१०२ मत र नेपाली कांग्रेसका बैजनाथ सहानीले २३५६ मत पाएको निर्वाचन अधिकृत रमिला भण्डारीले जानकारी दिइन् । सनोज २०७४ को निर्वाचनमा संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए ।

उपाध्यक्षमा भने राप्रपाकी शिवकान्ती चमारले ६१५४ मत ल्याउदै दोस्रो कार्यकालको लागि उपाध्यक्षमा निर्वाचित भएकी छन् । चमार २०७४ मा संघीय समाजवादी फोरमबाट निर्वाचित भएकी थिइन् ।

जसपाकी रिमा मिश्रा ५९०२ मत ल्याएर दोस्रो भएकी छन् । एमालेकी बसन्ती पाण्डेले ३३८ मत पाएकी छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu