Connect with us
Kapilvast Forest

सप्तरीमा जनमत पार्टीको अर्को जित, बलान बिहुलमा खेमचन्द्र यादव निर्वाचित

२०७९, ५ जेष्ठ बिहीबारमा प्रकाशित

राजविराज – सप्तरीमा जनमत पार्टीले अर्को जित हात पारेको छ । पार्टी अध्यक्ष डा. सीके राउतको गृहजिल्ला सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्ष जनमत पार्टीले जितेको छ । उापध्यक्षमा पनि जनमत पार्टी नै विजयी भएको छ ।

अध्यक्षमा खेमचन्द्र यादव र उपाध्यक्षमा रेणु यादव निर्वाचित भएका छन् । उनले २ हजार ९९४ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नवीनकुमार झाले २ हजार २४७ मत प्राप्त गरे ।

 

उपाध्यक्षमा निर्वाचित रेणुले २ हजार ६९० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी कांग्रेसकी आशादेवी मण्डलले २ हजार ३०४ मत ल्याइन् ।यसअघि जनमत पार्टीले हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर जितेको थियो । मेयरमा वीरेन्द्र माझी निर्वाचित भएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu