Connect with us
Kapilvast Forest

महराले दिए दोस्रो राजीनामा , त्यागेनन् सांसद पद

२०७६, १५ आश्विन बुधबारमा प्रकाशित

फाइल तस्बिर
बलात्कारको आरोपपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले दोस्रो राजीनामा पत्र उपसभामुखलाई बुझाएका छन्। तर उनले दोस्रो राजीनामा पत्रमा पनि सांसद भने त्यागेनन्।

संसद सचिवालय स्रोतका अनुसार महराले मंगलबार दिएको राजीनामा पत्र सच्याउँदै अर्को राजीनामा पत्र बुझाएका हुन्। उनले हिजोकै मितिमा राजीनामा पत्रको व्यहोरा सच्याएर उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई दिएका हुन्।

महराले मंगलबार ‘छानबिन प्रक्रिया नसकिंदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए। तर उनले नयाँ राजीनामा पत्रमा भने त्यो वाक्य हटाएका छन्।

स्रोतका अनुसार महराले नयाँ राजीनामा पत्रमा ‘नैतिकताका आधारमा आजकै मितिदेखि राजीनामा दिएको छु’ भनेर उल्लेख गरेका छन्।

उनको राजीनामा सर्तसहितको भएको भन्दै नेकपाकै नेताहरूले आलोचना गरेका थिए। उपसभामुख शिवमाया तुम्बाहाम्फे महराको राजीनामा पत्र बोकेर आएका उनका स्वकीय सचिव सागर केसीलाई सर्तसहितको राजीनामा पत्रमा असन्तुष्टि जनाएकी थिइन्। उनले राजीनामा पत्रको व्यहोरा सच्याउन महरालाई खबर पठाएकी थिइन्।

संसद सचिवालयमै कार्यरत एक कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि महरालाई सभामुख र सांसद पदबाट राजीनामा गर्न नेकपाको सचिवालय बैठकले सुझाएको थियो। तर महराले सभामुख पदबाट मात्र राजीनामा दिएका छन्। उनले सचिवालय बैठकको निर्णयअनुसार सांसद पदबाट राजीनामा दिएका छैनन्।

महराले नयाँ राजीनामा पत्र बुझाएपछि संघीय संसद सचिवालयले राजीनामाको सूचना टाँसेको छ। महराले सांसद पदबाट राजीनामा नदिए राजनीतिक दलसम्बन्धी ऐनको दल त्यागसम्बन्धी व्यवस्थामार्फत् महरालाई हटाउने चेतावनी नेकपाले दिइसकेको छ।

महराले राजीनामा दिएसँगै उनको नाम संघीय संसद सचिवालयको वेवसाइटबाट समेत हटाइएको छ।

महराले सांसद पदबाट मुक्त हुन फेरि अर्को राजीनामा दिनु पर्ने नेकपाका एक नेताले बताए।

‘उहाँले सांसद पदबाट पनि राजीनामा दिनुपर्छ। नदिए पार्टीले उहाँलाई सांसदको हैसियतमा व्यवहार गर्दैन,’ उनले भने।

महराले सांसदबाट पनि उपसभामुख तुम्बाहाम्फेलाई नै राजीनामा बुझाउनु पर्छ। सभामुख पदको राजीनामा कसैले स्वीकृत गर्न नपर्ने भए पनि सांसदको राजीनामा उपसभामुखले स्वीकृत गर्नु पर्ने हुन्छ।

महरा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा दाङ-२ बाट निर्वाचित भएका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu