Connect with us
Kapilvast Forest

दाङका ९ पालिकाका नवनिर्वाचित प्रमुखले लिए सथप

२०७९, ६ जेष्ठ शुक्रबारमा प्रकाशित

दाङ – दाङका ९ वटा स्थानीय तहका पालिकाका नवनिर्वाचित प्रमुखहरुले सथप ग्रहण लिएका छन् ।स्थानीय तह सदस्य निर्वाचन २०७९ मा दाङको ९ स्थानीय तहमा निर्वाचित घोराही उपमहानगरपालिका, लमही नगरपालिका र सात गाउँपालिकाका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत न्यायाधीश रितेन्द्र थापाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

 

जिल्लामा निर्वाचित भइसकेका नौं पालिकाका प्रमुखहरु मध्ये घोराही उपमहानगरपालिको प्रमुख नरुलाल चौधरी, लमही नगरपालिकाको प्रमुख जोगराज चौधरी, बंगाचुली गाउँपालिकाका प्रमुख तुलसीराम ‘सुवास’ पुन, बबई गाउँपालिका प्रमुख कुलबहादुर खत्री क्षेत्री, दंगीशरण गाउँपालिका प्रमुख शम्भु गिरी, गढवा गाउँपालिका प्रमुख यमनारायण शर्मा पोख्रेल, राप्ती गाउँपालिका प्रमुख प्रकाश विष्ट, शान्तिनगर गाउँपालिका प्रमुख प्रमोद बस्नेत र राजपुर गाउँपालिका प्रमुख शरदकुमार बुढाथोकीले सथप ग्रहण लिएका हुन् ।

तुलसीपुर उपमहानगरपालिमा भने मतगणना जारी छ । त्यस्तै घोराही उपमहानगरपालिकाका नव-निर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र प्रदान गरिएको छ ।मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले नगर प्रमुख नरूलाल चौधरी र उपप्रमुख हुमा डिसीसहित १९ वडाका वडाध्य र सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।

त्यस्तै घोराही नगरप्रमुख चौधरीले नवनिर्वाचित घोराही उपप्रमुख हुमा डिसीसहित १९ वडाका वडाध्यक्ष र सदस्यहरूलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu