Connect with us
Kapilvast Forest

रुपन्देहीका ८ पालिकाका निर्वाचित जनप्रतिनिधिले लिए शपथ

२०७९, ६ जेष्ठ शुक्रबारमा प्रकाशित

 

भैरहवा- रुपन्देहीका नवनिर्वाचित ८ पालिकाका जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् ।

रुपन्देहीको सिद्धार्थनगर सहित देवदह नगरपालिका, सियारी, शुद्धोधन, रोहिणी, मायादेवी, ओमसतिया र कञ्चन गाउँपालिकाका नवनिर्वाचित प्रमुख/अध्यक्षहरूलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश धनसिंह महराले पद तथा गोपनीयताको शपथ दिलाउँदै प्रमाण पत्र प्रदान गरेका हुन ।

 

रहवामा आयोजित कार्यक्रमकामा महराले नवनिर्वाचित जनप्रतिनिधिहरू सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेल, मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरी, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, शुद्धोधनका अध्यक्ष विष्णु प्रसाद बस्याल, ओमसतियाका अध्यक्ष मञ्जित कुमार यादव, रोहिणीका अध्यक्ष विद्या प्रसाद यादव र कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाललाई शपथ ग्रहण गराए ।

त्यस्तै पालिकाका निर्वाचित प्रमुख/अध्यक्षहरूले उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरूलाई शपथ ग्रहण गराएका छन् । कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत धनसिंह महराले सबैको सद्भाव र सहयोगले निर्वाचनका दौरान रुपन्देहीमा कुनै अप्रिय घटना नभएको बताए । उनले निर्वाचनमा कसैको जमिनदारीको हिसाबले प्राप्त हुने पद नभएको बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जनतालाई केन्द्रमा राखेर कानुनमा रही काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे । उनले जनताले अनुभूति गर्ने गरी भूमिका निर्वाह निर्वाह गर्न आग्रह गरे । मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीका सहायक निर्वाचन अधिकृत गोविन्द प्रसाद कोइरालाले राजनीतिक दल, सुरक्षाकर्मी, पत्रकार लगायतको सहयोगले निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताए । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu