६ सय ९८ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक : कुन दलले कति जिते ?
काठमाडौँ – स्थानीय तह निर्वाचनमा अन्तर्गत हालसम्म ६ सय ९८ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।नेपाली कांग्रेसले १८४ गाउँपालिका र १२३ नगरपालिका गरी ३ सय ९ स्थानमा प्रमुख जितेको छ ।
नेकपा एमालेले १२१ गाउँपालिका र ६७ नगरपालिका गरी १८८ तहमा जितेको छ ।नेकपा माओवादी केन्द्रले ९६ गाउँपालिका र २४ नगरपालिका गरी १२० स्थानमा विजय हासिल गरेको छ ।
नेकपा एकीकृत समाजवादीले ९ पालिका प्रमुख जित्दा जनता समाजवादी पार्टीले २० ओटा गाउँपालिका अध्यक्ष जितेको छ ।अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले ५२ ठाउँमा बिजयी भएका छन् ।
निर्बाचन आयोगका अनुसार हाल मतगणना भइरहेका स्थानमा कांग्रेस १५, एमाले १७, माओवादी केन्द्र ३ र नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका २-२ स्थानमा अगाडी रहेका छन् ।