Connect with us
Kapilvast Forest

वामदेव दम्पती सुटुक्क अमेरिका प्रस्थान 

२०७९, ८ जेष्ठ आईतवारमा प्रकाशित

 

काठमाडौं – राष्ट्रियसभा सदस्य वामदेव गौतम अमेरिका यात्रामा निस्किएका छन्।गौतम आइतबार साँझ ८:३० बजे कतार एयरलाइन्सको उडानबाट अमेरिका प्रस्थान गरेको उच्च स्रोतले जानकारी दिएको छ।गौतम पत्नी तुलसा थापासहित अमेरिका उडेका हुन्।

पारिवारिक स्रोतकाअनुसार गौतम निजी भ्रमणमा अमेरिका गएका हुन्।यद्यपि नेपाल र अमेरिका कुटनीति सम्बन्धको ७५ वर्षगाँठका मनाइरहँदा गौतमको भ्रमणलाई महत्वका साथ हेरिएको छ।

नेपाल एमसीसी सम्झौता संसदबाट पारित भएपछि अमेरिकी अधिकारीको भ्रमण बढेको छ। केही समयपछि प्रधानमन्त्री शेरबहादुर देउवा नै अमेरिका भ्रमणमा जाने तयारी तयारीमा छन्।

यही बेला एमालेकी सांसदसमेत रहेकी पत्नी तुलसालाई लिएर गीत लेखनमार्फत माधव नेपालको एकीकृत समाजवादीतिर खुलेका वामदेव अमेरिका यात्रामा निस्किएका हुन्।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu