Connect with us
Kapilvast Forest

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्द आन्दोलनमा उत्रन अध्यक्ष बरालकाे आव्हान

२०७९, ९ जेष्ठ सोमबारमा प्रकाशित

 

काठमाडौं- नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा नेपाल आयल निगमले गरेको मूल्यवृद्धिको विरोध गरेको छ ।

अध्यक्ष सुनिता बरालले सोमबार विज्ञप्ति जारी गरी सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी हप्ता दिनमै पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा २० रुपैयाँ र ग्याँसमा २ सय रुपैयाँ बढाएकोप्रति आपत्ति प्रकट गरेकी हुन् ।
बरालले पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टीतेलको मूल्य १६३ र ग्याँसको मूल्य १ हजार ८ सय कायम गरी सरकारले जनताको ढाड सेक्ने काम गरेको बताएकी छन् ।

‘सरकारले हिजो राति फेरि पनि स्थानीय तह निर्वाचनको मतदानको मसी नसुक्न नपाउँदै मूल्यवृद्धिको उपहार जनतालाई दिएको छ, मूल्य समायोजन भन्ने बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने, तर घट्दा नघटाई, सरकार विभिन्न कर लगाएर राजश्व उठाएर कमाउन व्यस्त छ,’ उनले भनेकी छन् ।

आयल निगम चुहावट नियन्त्रणलाई बेवास्ता गरी कर्मचारीलाई बोनस र भत्ता बाँडिरहेको अध्यक्ष बरालको भनाइ छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै देशैभर अब अतिआवश्यक वस्तु तथा सेवाको ढुवानी र लागत भाडा महङ्गिनेतर्फ सरकारको ध्यानाकर्षण उनले गराएकी छन् ।
‘जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरुमा मूल्यवृद्धि गर्दै निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी पटक–पटक मूल्यवृद्धि गर्ने कदमप्रति अनेरास्ववियु गम्भीर खेद व्यक्त गर्न चाहन्छौँ,’ उनले भनेकी छन् ।

अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महङ्गाई बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।
अध्यक्ष बरालले मूल्यवृद्धिविरुद्धको निर्णायक आन्दोलनमा सशक्त ढङ्गले उत्रन आह्वान गरेकी छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu