Connect with us
Kapilvast Forest

दलित भएकै कारण न्याय पाउन कठिनाई, छाेरी हराएको ४० दिन बित्यो, प्रहरीद्वारा वेवास्ता

२०७९, १० जेष्ठ मंगलवारमा प्रकाशित

 कपिलवस्तु- दलित परिवारकाे सुनवाई प्रहरीले गर्दै न्यायका लागि भाैतारिरहेका पिडित परिवारले आराेप लगाएका छन । जिल्लाकाे कृष्णनगर नगरपालिका वडा ९ बहादुरगंजकाे एउटा दलित परिवारकी युवती बिगत ढेड महिनादेखि बेपत्ता छिन प्रहरीले उजुरि लिन नमानेपछि हुलाकबाट उजुरि पठाइयाे तर पनि कुनै कार्यवाही नभएपछि ती युवतीका आमाबुवा अहिले महिला अधिकारकर्मीहरुलाई गुहार्न लागेका छन ।

घटना बैशाख १ गते राति लगभग १२ बजेतिरकाे हाे बहादुरगंजमा आफ्नै घरमा सुतिरहेको अवस्थामा दलित समुदायका संवारे हरिजनकी छाेरी २३ बर्षीय अकालमति हरिजन हराएकी छिन । परिवारले घटना लगत्तै इलाका प्रहरी कार्यालय बहादुरगंज र गणेसपुरमा निवेदन दिएका थिए । बहादुरगंज प्रहरीले सामान्य छलफल गरि घटनालाई साम्य बनाउने काेसिस गर्याे त्यसपछि गणेसपुर प्रहरी कार्यालय मा निवेदन दिंदा लिन मानेन्न त्यसपछि बहादुरगंज हुलाक कार्यालयबाट राजिष्ट्री गरिएकाे युवतीका बुवाले बताए ।

आफू पहुँच नभएकाे र दलित समुदायकाे भएकाले नै कसैले वास्ता नगरेकाे गुनासाे युवतीकाे आमाकाे भनाइ छ । न्यायका लागि पटक पटक प्रहरी कार्यालय पुग्दा ध्यान नदिएपछि पिडित आमाबुवालाई छाेरीकाे अवस्थाबारे जानकारी पाउने अधिकार रहेकाे र प्रशासनले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने महिला अधिकारकर्मी मिना परियारले बताउनुभयाे । पिडितले न्याय पाउनुपर्छ र त्यसमा प्रहरी , जनप्रतिनिधिहरुले सक्रियताका साथ लाग्नुपर्ने अधिकारकर्मी परियारकाे भनाई छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu