अटो रिक्सा व्यवस्थित रुपमा संचालनमा आउँछ:नगर प्रमुख थापा
अर्जुन बेल्बासे ,कपिलवस्तु-शिवराज नगरपालिकाका नव निर्वाचित नगर प्रमुख अजय थापालाई शिवगढी यातायात व्यवसायी संघ प्रा लि ले सम्मान गरेको छ ।
नवनिर्वाचित नगरप्रमुख थापालाई नगर प्रमुखको कार्यकक्षमा पुगेर मंगलवार शिवगढी यातायात व्यवसायी संघ प्रा लि का पदाधिकारीहरुले मायाको चिनो प्रदान गर्दै स्वागत तथा सम्मान गरेका हुन ।
मायाको चिनो ग्रहण गर्दै नगर प्रमुख थापाले शिवराजमा अस्तब्यस्त रुपमा संचालन हुदै आएका अटो रिक्सालाई व्यवस्थित गर्ने बताउनु भएको छ ।
शिवराजमा अब्यवस्थित तरिकाले अटो रिक्सा चल्दा दुर्घटनाको उच्च जोखिम बढ्दै गएको भन्दै तत्काल न्युनिकरण गर्न लागि पर्ने बताउनु भयो ।साथै अटोरिक्साको दर्ता प्रक्रियामा अन्योलतालाई पनि चाडै व्यवस्थापनमा लाग्ने बताउनु भयो ।