Connect with us
Kapilvast Forest

भरतपुरमा यो मेरो अन्तिम कार्यकाल हो : रेनु दाहाल

२०७९, १० जेष्ठ मंगलवारमा प्रकाशित

चितवन – भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेनु दाहालले यो आफ्नो अन्तिम कार्यकाल हुने बताएकी छन् ।मंगलबार मतपरिणाम सार्वजनिक भएपछि सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले स्थानीय सरकार प्रमुखको रुपमा यो अन्तिम कार्यकाल हुने बताएकी हुन् ।

 

‘यो मेरो अन्तिम कार्यकाल हो, स्थानीय तहको नेतृत्वको रुपमा अन्तिम पटकका लागि अवसर पाएको छु, एक सेकेन्ड पनि खेर नफालेर म दिलो ज्यानले आफ्नो क्षमताले भ्याएसम्म काम गर्नेछु ।’

उनले आफूले तीन देखि सात हजार मत अन्तरले जित्ने अनुमान गरे पनि धेरै भरतपुरबासीले विश्वास गरेर १२ हजार भन्दा बढी मत अन्तरले जिताएको बताइन् ।

‘मेरो विगतको कामको अनुमोदन गरिदिनुभएको छ । आउने दिनमा पनि कहिँ कतै मेरो सक्रियतामा कमी हुन दिने छैन’ उनले भनिन् ।

भरतपुरको समस्या, आवश्यकता, प्राथमिका र जनताको भावनाको राम्रो अनुभव भएको भन्दै मेयर दाहालले आगामी पाँच वर्ष गर्व गर्नलायक काम गर्ने बताइन् ।

आगामी पाँच वर्षमा भरतपुरका ठूला आयोजना सिटी हल, प्रशासकीय भवन निर्माण पूरा गर्ने, क्रिकेट रंगशाला निर्माण गर्ने र भरतपुरको ढल तथा फोहोर व्यवस्थापनको काम गर्ने मेयर दाहालले बताइन् ।

उनले आफ्नो दोस्रो कार्यकाल शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासम केन्द्रित हुने पनि उनले बताइन् ।

उनले आफ्नो दोस्रो कार्यकालमा सबैको सहयोग पाउने आशा राखेको पनि बताइन् । ‘भरतपुरमा विकासमा राजनीतिक खिचातानी हिजो पनि थिएन, भोलि पनि हुने छैन, जसले गर्नुहुन्छ, उहाँलाई नै घाटा हो’ रेनुले भनिन् ।उनले यो कार्यकालको पहिलो निर्णय महिला र विपन्न लक्षित हुने पनि बताइन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu