Connect with us
Kapilvast Forest

बन्द भएका उद्योगहरू पुनः सञ्चालनमा ल्याइने

२०७९, १० जेष्ठ मंगलवारमा प्रकाशित

 

काठमाडौं – सरकारले बन्द भएका उद्योगहरू पुनः सञ्चालन गर्ने भएको छ ।मंगलबार आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विगतमा सञ्चालनमा आएका तर बीचमा बन्द भएका उद्योगहरूलाई पुनः सञ्चालन गर्ने बताउनुभयो ।

आर्थि विकास र गरिबी निवारणका लागि उद्यमशीलतामा प्रवर्द्धन गरिने उहाँले बताउनुभयो । समान प्रकृति र उदेश्य भएका सहकारी कोषलाई एउटैमा गाभ्ने नीति पनि सरकारले लिएको छ ।

कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख आधार मान्दै आर्थिक वृद्धिलाई बलियो बनाइने पनि राष्ट्रपति भण्डारीले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रमलाई पुनःसंरचना गरेर प्राविधिक कृषिलाई जोड दिइने नीति पनि सरकारले नीति लिएको छ । व्यावसायिक रबर खेतीको प्रवर्द्धनका लागि विशेष नीति ल्याउने पनि राष्ट्रपति भण्डारीले बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu