८५ प्रतिशत नागरिकलाई कोभिड खोपको पूर्ण मात्रा खोप लगाइयो- राष्ट्रपति
काठमाडौं-सरकारले करिब ८५ प्रतिशत नागरिकलाई कोभिड खोपको पूर्ण मात्रा लगाई सकिएको जनाएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममा उक्त तथ्यांक उल्लेख गरिएको हो।
‘सरकारको कोभिड महामारीको नियन्त्रण, रोकथाम र उपचारका लागि हरसम्भव प्रयास गरेको छ। हालसम्म लक्षित जनसंख्याको करिब ९६ प्रतिशतलाई पहिलो र ८५ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाई सकिएको छ’, उनले भनिन्, ‘त्यसैगरी करिब ३८ लाख नागरिकलाई खोपको अतिरिक्त मात्रा लगाई सकिएको छ।’
स्वास्थ्य पूर्वाधार, औषधि, अक्सिजन, स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापनमा तीनै तहका सरकारहरु परिचालित भएको राष्ट्रपति भण्डारीले जानकारी दिइन्। राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकही छन्।