कपिलवस्तुको शिवराजमा चट्याङ्ग लागेर ७ वर्षिय बालकको मृत्यु ,३ जना घाइते
कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकामा चट्याङ लागेर ७ वर्षीय बालकको मृत्यु भएको छ भने ३ घाइते भएका छन्।
चट्याङ लागेर सख्त घाइते भएका शिवराज नगरपालिका–६ पिपरी निवासी ७ वर्षीया बालक रिजवन महमदको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा हिजो राति नै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिल शाहिले जानकारी दिनु भयो ।
मंगलबार साझ पानी परी रहेको बेला पिपलको रुखमुनि ओत लागेका अवस्थामा एक्कासि चट्याङ पर्दा गम्भीर घाइते भएका रिजवनको मृत्यु भएको छ भने मृत्यकका बाबु ३० वर्षीय नुर महमद सहित ३ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएमो छ ।