Connect with us
Kapilvast Forest

काठमाडौंमा बालेन्द्रको पक्षमा विजय र्‍यालीको तयारी

२०७९, १२ जेष्ठ बिहीबारमा प्रकाशित

 

काठमाडौं – स्थानीय तह निर्वाचनअन्तरगत काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ।मतपरिणामअनुसार काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह निकै अगाडि छन्। पछिल्लो मतपरिणामअनुसार उनले ५९ हजार १४९ मत प्राप्त गरेका छन्।

निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रोमा र एमालेका केशव स्थापित तेस्रोमा छन्। सिंहले ३७ हजार ५४२ मत प्राप्त गरेकी छन् भने स्थापितले ३७ हजार २१८ मत पाएका छन्।

केहि वडाको मात्र मतगणना गर्न बाँकी गरेको निर्वाचन कार्यालयले जनाएको छ ।आफ्नो जित निश्चित भएपछि बालेन साहका समर्थकले विशाल र्‍यालीको तयारी गरेका छन् । बालेन मतगणनास्थल सभागृह पुगेका छन्।

महानगरको मेयरमा जित सुनिश्चित भएपछि बालेन्द्रले बुधबार आफ्ना समर्थकलाई विजय जुलुश नगरी धन्यवाद र्‍याली गर्न अपिल गरेका थिए।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu