Connect with us
Kapilvast Forest

खेतमा गाडेको २५ लाख भारु र दुई तोला सुन बरामद

२०७९, १३ जेष्ठ शुक्रबारमा प्रकाशित

 

काठमाडौं – कैलालीमा २५ लाख ६८ हजार भारतीय रुपैयाँ र दुई तोला सुन प्रहरीले बरामद गरेको छ।भारतको विभिन्न स्थानबाट भारुसहित सुन चोरी गरी लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरी रुपैयाँ र सुन बरामद गरेको हो। जिल्लाको घोडाघोडी नगरपालिका–८ र बर्दगोरिया–४ सुन्दरपुरबाट खेतमा गाडेर लुकाइएको अवस्थाबाट नगद र सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले बताए।

उनका अनुसार घोडाघोडी नगरपालिका–८ मा २३ लाख ४६ हजार भारतीय रुपैयाँ र दुई तोला सुन प्लाष्टिकले बेरेर जमिनमा गाडिएको थियो। स्थानीय लालबहादुर थापाको घर नजिकबाट सो पैसा र सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

यसैगरी, सुन्दरपुरस्थित दुर्गा चलाउनेको घर नजिक भने स्टिलको डिब्बाभित्र राखेर दुई लाख २२ हजार भारतीय रुपैयाँ जमिनमा गाडिएको थियो। नगद र सुन बरामदपछि चोरीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu