Connect with us
Kapilvast Forest

बालेनलाई बधाई दिंदै सिर्जना सिंहले भनिन् -मत जित्न सकिनँ, नगरवासीको मन जितें

२०७९, १३ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौं -काठमाडौं महानगरपालिकाको मेयरकी प्रत्यासी सिर्जना सिंहले मतदातालाई धन्यवाद दिंदै आफूले मत जित्न नसके पनि नगरवासीको मन जितेको बताएकी छिन् ।

महानगरपालिकाको मतगणनाको नतिजा सार्वजनिक भएपश्चात मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन) लाई बधाई दिंदै सिंहले भनेकी छन्, ‘विजयी हुने गरी निश्चय नै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें ।’

 

उनले लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापुर्वक स्वीकार गर्ने र निर्वाचित मेयरलाई रचनात्मक साथ र सहयोग गर्ने प्रतिबद्धता पनि गरेकी छन् ।

मेयरकी प्रत्यासी सिंह ३८३४१ मतका साथ दोस्रो भएकी छन् । मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ६१७६७ मतका साथ निर्वाचित भएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu