Connect with us
Kapilvast Forest

आफनो निर्णयबाट पछि हट्ने छैन ,माध्यमिक शिक्षा निःशुल्क हुन्छ नै:मेयर थापा

२०७९, १३ जेष्ठ शुक्रबारमा प्रकाशित

 

 

 

कपलिवस्तु-कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर अजय थापाले अनिवार्य माध्यमिक शिक्षा सम्म निःशुल्क अध्यापन गराउने निर्णयलाइ कुनै पनि हालतमा कार्यान्वयन गरेर छाडने बताउनु भएको छ । आज पत्रकारहरुसगँ कुराकानी गर्दै उहाँले उक्त निर्णयको केहि विपक्षि पक्ष बनेर विरोध जनाएको भन्दै दुखेसो पोख्नु भयो ।

शिवराज नगरपालिकामा पत्रकारहरुस छलफल तथा अन्तरक्रियामा बोल्दै संविधान मै उल्लेखित कार्यलाई नगरले कार्यन्वयन तर्फ लाग्दा सहयोग र सहकार्य गर्नुका साटो विभिन्न कारण देखाएर भित्र भित्र विरोध जनाएको बताउनु भयो

उहाँले भन्नु भयो ढुक्क हुनुस आगामि आर्थिक वर्ष ७९ /२०८० वाटै शिवराजमा अनिवार्य माध्यमिक शिक्षा सम्म निःशुल्क अध्यापन हुन्छ । असहयोग गर्ने तत्वहरुलाई  अवश्य नगरवासिले सजाय दिने  छन उहाँले भन्नु भयो । साथै उहाँले संचार क्षेत्रसगँ सहयोग र सहकार्यसगैं अगाडि बउनु भयो ।

शिवराजको पहिचानलाई प्रचार प्रसारमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै खवरदारी र प्रचार दुवै पक्षको आवश्यक रहेको बताउनु भयो ।साथै पत्रकारहरुसगँ अन्तरक्रिया तथा छलफलमा बोल्दै नगर उप प्रमुख शिवकुमारी थारुले शिवराज क्षेत्रका संचार क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने बताउनु भयो । छलफल तथा अन्तरक्रियामा शिवरा नगर भित्रका दर्जन वढि पत्रकारको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu