Connect with us
Kapilvast Forest

बालेन र हर्क साङपाङ लोकतान्त्रिक व्यवस्थाका सुन्दर फूल हुनु:प्रचण्ड

२०७९, १४ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं- माआवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले काठमाडौंमा बालेन्द्र साह र धरानमा हर्क साङपाङको विजयी हुनु साँचो अर्थमा स्वतन्त्र उम्मेदवारले जितेको मानिने बताएका छन् ।

शनिबार संसदमा बोल्दै प्रचण्डले उनीहरुको पछाडि कुनै पनि पार्टी र उनीहरुको नेताको साथ नरहेको भन्दै साँचो अर्थमा स्वतन्त्र भएको उल्लेख गरे । बाँकी उम्मेदवार भने पार्टीकै बलमा जितेको उनले बताए ।

 

काठमाडौं र धरानमा जनताले उम्मेदवारको विचार, प्रवृत्ति र संकल्प मन पराएकै कारण स्वतन्त्र उम्मेदवारले जितेको उनको भनाइ छ ।उनले भने संघीय लोकतान्त्रिक गणतन्त्रभित्र काठमाडौं र धरानमा फेरि दुईटा नयाँ फूलहरु फक्रिएका हुन्, फूलबारी संघीय लोकतान्त्रिक गणतन्त्र नै हो ।’

उनले पार्टीहरुले नीतिहरु र उम्मेदवार छनोटमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको समेत उल्लेख गरे । स्वतन्त्र उम्मेदवारलाई घेराबन्दी हुन सक्ने भन्दै उनले सचेत रहन समेत सुझाव दिए ।

स्वतन्त्र उठेर जितेकाहरु दलकाका लागि चुनौती नभएर दलहरुका लागि समीक्षाका लागि पाठ भएको बताए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu