ब्यवसायिक धान खेतीलाई बढावा दिन कृाष्कहरुलाई स्प्रेयर मेशीन प्रदान
कपिलवस्तु –कृषकहरुलाई प्रोत्साहीत गरी ब्यवसायिक धान खेतीलाई बढावा दिन कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सुखरामपुरका ५० कृषकहरुलाई ईलेक्ट्रिक स्प्रेयर टंकी सहीतका सामाग्री उपलब्ध गराईएको छ । ताम्रेश्वर कृषि सहकारी समुहमा आवद्ध रहेकाहरुलाई स्प्रेयर टंकी सहीत धानका बीउ, जींक, सल्फर सहीतको सामाग्री उपलब्ध गराइएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्गत धान बाली साना ब्यवसायिक उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्र्गत उनीहरुलाई सहकारी मार्फत ५० प्रतिशत अनुदानको सो सामाग्री उपलब्ध गराइएको हो ।
२४ लाखको सामाग्री मध्ये सो कार्यक्रम अन्र्गत १२ लाख अनुदान दिइएको हो । कपिलवस्तु नगरपालिकाकी नव निर्वाचित उप मेयर सुनिता गुप्ता र वडाध्यक्ष प्रकाश गैरले सहकारीमा आबद्ध कृषकहरुलाई सो सामाग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा कृषकहरुले सहज मलखादको आपुर्ति र कृषकहरुलाई अन्य सामाग्रीहरु समते उपलब्ध गराउनु पर्ने माग उठीहरको बेला उप मेयर गुप्ताले आफुले कृषकहरुको समस्या समाधान गर्ने गरी काम अघि बढाउने बताइृन । ‘ मैले कृषकहरुकालागि उचित निर्णय लिन्छु ’ उनले भनिन ।
सो अवसरमा वडाध्यक्ष गैरले मलखाद बिउ बिजन, सिचाई लगायतका सामाग्रीहरु सहजरुमपा उपलब्ध गराउनु पर्ने माग गरे । नगर पालिका कृषि शाखाका प्रमुख भगवान दास गुप्ताले २० हेक्टर क्षेत्रमा धान खेतीकालागि सहकारीमा आबद्ध भएका कृषकहरुलाई ५० प्रतिशत अनुदानको सामाग्री उपलब्ध गराइएको बताए । कृषकहरुलाई क्षेत्रफलका आधारमा स्प्रेयर टंकी ६४४४ जातको हाईब्रिड धान ४ किलोका दरले, जीक, सल्फर लगायतको सामाग्री उपलब्ध गराइएको हो । १६ लिटर क्षमताको स्प्रेयर टंकी हात र ईलेक्ट्रिक दुबैबाट चलाउन मिल्छ ।
सहकारीका अध्यक्ष राधेश्याम कोरीले सहकारीमा आबद्ध भएका कृषकहरुको २० हेक्टर धान खेतीकालागि धान बालीको साना ब्यवसाइिक कार्यक्रम अन्र्गत ५० प्रतिशत अनुदानमा सो सामग्री उपलब्ध भएको बताए । प्राप्त सामाग्रीहरुबाट आफुहरुले नमुना धान खेती गर्ने उनले बताए । सोही कार्यक्रम अन्गृत अर्को लटमा पम्पसेट सेक्सन पाईप लगायतका सामाग्री समेत आउने उनले बताए ।