Connect with us
Kapilvast Forest

वृद्धभत्ताको उमेरहद घटाउन आवश्यक थिएन : भट्टराई

२०७९, १६ जेष्ठ सोमबारमा प्रकाशित

 

काठमाडौँ- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आगामी वर्षको बजेटमा सामान्य सुधारको विषय आए पनि गुणात्मक रुपमा संरचनागत परिवर्तन गर्ने नीतिहरु नआएको बताएका छन् । उनले वृद्धभत्ताका लागि उमेरहद घटाएकोमा पनि असहमति जनाएका छन् ।

 

संसद्‍मा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेस गरेपछि त्यसमाथि प्रतिक्रिया जनाउँदै पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले सुधारको कार्यक्रम नआएको बताएका हुन् ।

 

‘कृषिमा क्रान्तिकारी परिवर्तन गर्ने हो भने भूमि सम्बन्धमा वैज्ञानिक भूमिसुधार गर्ने भनेका थियौं त्यो आउनु पर्दथ्यो । भुईँमा रहेका जनतामा पहुँच नपुगेसम्म ठूलो परिवर्तन आउँदैन,’ भट्टराईले भने, ‘यसले उद्योगलाई वृद्धि गर्ने, व्यापार घाटा घटाउने भनेका छौं । त्यसमा लगानी आकर्षित गर्ने प्रकारको योजनाहरु आउनु पर्दथ्यो । त्यस्तो केही पनि आएन। सामान्य सुधारात्मक कुरा छन् । यति मात्रै कुराले ठूलो मात्रामा वैदेशिक लगानी आउँछन्, उद्योगधन्धा खुल्छन् र व्यापार घाटा कम हुन्छ भन्ने लाग्दैन ।’

यद्यपि प्रशासनिक सुधारको सामान्य विषय आएको उनले बताएका थिए । ‘हाम्रो कर्मचारीतन्त्र र न्यायालय विकासमैत्री छैन । यसलाई परिवर्तन गर्ने रुपान्तरणकारी योजना आउनु पर्दथ्यो । त्यो आएको छैन,’ भट्टराईले भने ।

यस्तै सामाजिक सुरक्षाको विषयमा पूर्ववत निरन्तरता भएको उनको टिप्पणी थियो । ‘म पनि ६८ वर्ष पुग्दैछु । यो घटाउन आवश्यक थिएन । एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनु पर्दथ्यो । गरिब देशमा वृद्धभत्ता लिएर बोझ बढाउन चाहान्नँ । म वृद्धभत्ता नलिने घोषणा गर्दछु,’ उनले भने ।

 

आइतबार संसद्‍मा अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । जसमा वृद्धभत्ता लिनेको दायरा वृद्धि गर्दै ७० वर्षबाट घटाएर ६८ वर्षलाई वृद्धभत्ताका लागि पर्याप्त उमेर तय गरिएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu