Connect with us
Kapilvast Forest

हराइरहेको तारा एयरको जहाज खोज्न बिहानैदेखि सेना र प्रहरी परिचालन

२०७९, १६ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं-पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको सम्पर्कविहीन जहाज खोजीका लागि सोमबार बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डिएसपी रामकुमार दानीले आज बिहान ५ बजेदेखि जहाज खोजीका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको  बताए।

आइतबार बिहान ९:५५ मा पोखराबाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०:०७ बजेदेखि जहाज सम्पर्कविहीन छ।

आइतबार साँझसम्म सुरक्षाकर्मी र स्थानीयले जहाजको खोजी गरे पनि फेला पारेका थिएनन्।डिएसपी दानीका अनुसार आज बिहान सेनाको हेलिकप्टरबाट पनि खोजी कार्य जारी छ। ‘मौसम सफा नहुँदा हेलिकप्टरबाट खोजी कार्यलाई निरन्तरता दिन कठिनाइ भइरहेको छ, कुहिरो लागेको छ। केहीबेरमा मौसम सफा होला,’ उनले भने।

आज थप हेलिकप्टर मगाएर सम्पर्कविहीन जहाजको खोजी गरिने पनि उनले बताए। उनकाअनुसार कोवाङ आसपास धौलागिरि हिमाल रेन्जतर्फ खोजी कार्यलाई केन्द्रित गरिनेछ।

‘जमिन र आकाशबाट खोजी कार्यलाई निरन्तरता दिन्छौं,’ उनले भने, ‘स्याटलायट इमेज मगाएर सम्भावित स्थानमा खोजी कार्य जारी छ।’तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।

जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu