Connect with us
Kapilvast Forest

मृगलाई हानेको गोली लागेर एकको मृत्यु

२०७९, १६ जेष्ठ सोमबारमा प्रकाशित

goli

प्युठान- ऐरावती गाउँपालिका वडा नं. १ स्थित दाङवाङमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । दोबाटो सामुदायिक वनको डाँडाथरी भन्ने ठाउँमा सिकार खेल्ने क्रममा २४ वर्षीय ज्ञानबहादुर नेपालीले मृगलाई हानेको गोली लागेर ३४ वर्षीय द्रोण आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आईतबार बेलुका सिकार खेल्न गएका समुहका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । सिकार खेल्ने क्रममा प्रयोग भएको दुई नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताउनुभयो ।

बन्दुक हान्ने ज्ञानबहादुर नेपालीसहित सोही ठाउँका ओम बहादुर पुन, कृष्ण बहादुर पुन मगर, भुप बहादुर पुन मगर, टिकाराम पुन, ड्याम बहादुर पुन, झविन्द्र थापा, विशाल घर्ति, झिमरुक गाउँपालिका चार बस्ने गुञ्जबहादुर पुनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । चार जना भने अझै फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu