बालेन्द्रको पहिलो निर्णय नगर कार्यापालिकाको बैंठक लाइभ
काठमाडौं-काठमाडौं महानगरपालिकाको बैठक लाइभ हुने भएको छ । सोमबार महानगरपालिकाका मेयर बालेन शाहले पदभार ग्रहणपछि गरेको पहिलो निर्णयमा यस्तो बताएको हो ।
सुन्धारास्थित महानगरको कार्यालयमा पुगेर उनले आज पदभार ग्रहण गरेका हुन्। नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। आज अपरान्ह ४ बजेका लागि नगर कार्यपालिकाको बैठक पनि बोलाइएको छ।