Connect with us
Kapilvast Forest

रुपन्देहीको देवदहमा १५ दिनमा ३ महिला सम्पर्कविहीन

२०७९, १७ जेष्ठ मंगलवारमा प्रकाशित

er

बुटवल – रुपन्देहीको देवदहमा महिला सम्पर्कविहीन हुने क्रम बढेको छ । देवदह नगरपालिकामा पछिल्लो १५ दिनको अवधीमा मात्रै ३ जना महिला सम्पर्कविहीन भएका छन् ।

देवदह–३ समेरहानाकी ४० वर्षीया मिरा भूजेल जेठ ३ गतेदेखि सम्पर्कविहीन भएकी छिन् । घरबाट कसैलाई नभनि घरबाट हिडेँकी भुलेज अहिलेसम्म सम्पर्कमा नआएको पारिवारिक स्रोतले जानकारी दिए । यस्तै देवदहकै ३१ वर्षीया कला पोखरेल दुबे जेठ ११ गतेदेखि सम्पर्कविहीन भएकी छिन् । सो दिन जेठ ११ गते बुटवलमा किस्ता बुझाउन जान्छु भनेर हिडेको भए पनि अहिलेसम्म सम्पर्कमा नआएको उनका श्रीमान् गोपाल दुवे बताउँछन् ।

यता देवदह नगरपालिका–५ की २८ वर्षीया पवित्रा जैसी जेठ ४ गतेदेखि सम्पर्कविहिन भएकी थिइन् । घरबाट भैरहवा काम गर्न जान्छु भनी हिडेकी पवित्रा जैसी एक हप्तापछि परिवारको सम्पर्कमा आएको उनका श्रीमान प्रेमनारायण भण्डारीले बताए ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu