Connect with us
Kapilvast Forest

राष्ट्रपति भण्डारी सुर्खेतमा, भोलि बडीमालिका जाने

२०७९, १७ जेष्ठ मंगलवारमा प्रकाशित

bidya-bhandari-29.jpg

सुर्खेत-राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आएकी छन्।भोलि सुदूरपश्चिमको बाजुरा जाने कार्यक्रमअनुसार उनी आज सुर्खेत आएकी हुन्।

पौने २ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत राष्ट्रपति भण्डारी सुर्खेत आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

राष्ट्रपति भण्डारी सुर्खेतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी हुने कार्यक्रम छैन।‘उहाँको आज सुर्खेतमा बसाई हुने तालिका छ, सुर्खेतमा उहाँ सहभागी हुने कुनै पनि कार्यक्रम तय भएको जानकारी छैन,’ कार्कीले भने, ‘भोलि बडीमालिका जाने भन्ने जानकारी मात्र आएको छ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu